काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २१ गते साधारणसभा बोलाएको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो। कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड करोड रहेको छ । कम्पनीले १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले उक्त बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाँदै छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij