काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको ९७ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तय गरिएको छ। शेयर खरिदका लागि निवेदन दिँदा कम्तीमा २८० रुपैयाँ दरले आवेदन दिनुपर्नेछ।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij