काठमाडौं – भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार बुटवलको दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि मा बिहान साढे ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरिसकेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका प्रतिनिधित्व गर्ने १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र नियामक निकायबाट कुनै निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा प्रयोजनार्थ आउँदो पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij