२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

1.8K
Shares

काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले आज मङ्सिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij