काठमाडौं–सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर ८ गते र ढिलोमा पुस १८ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यािपटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij