काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २१ गते सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे चौथो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९० प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रवितेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारित गर्नेछ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकमा ५ जना संस्थापक शेयरधनी निर्वाचन गर्ने, सञ्चालक समितिले गरेका काम कारबाही अनुमोदन, सञ्चालकको भत्ता र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेछ।
बोनस शेयर वितरण गरेपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको ६ (क), (ख) र (ग) मा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij