काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको आज मंसिर २५ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो। शेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij