२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ७.८६ अकंले घट्यो, ३ अर्ब ७३ करोडको कारोबार

नेप्से ७.८६ अकंले घट्यो, ३ अर्ब ७३ करोडको कारोबार

980
Shares

काठमाडौं–   साताको चौथो कारोबारका दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८६ अकंले घटेर २६०६.२० बिन्दुमा कायम भएको छ । ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएको छ । आज म्युचुअल फण्डको शेयर मूल्य मात्रै बढेको हो । बुधबार वाणिज्य बैंकको ०.०५ प्रतिशत, विकास बैंक समूूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको हो । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

श्रीनगर एग्रिटेकको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २६ करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij