२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

1.1K
Shares

काठमाडौं – सर्वोत्तम सिमेन्टले झापाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

“सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिशियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का उपस्थिति रहेकाे थियाे ।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताए। साथै सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij