२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इलाममा सन नेपाल लाइफको हरित योगदान-एक हजार बिरुवासहित अभियान

इलाममा सन नेपाल लाइफको हरित योगदान-एक हजार बिरुवासहित अभियान

1.3K
Shares

काठमाडौं– वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १,००० फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ।

कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए। त्यस्तै सोहि कार्यक्रममा लुम्बिनी वर्ल्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम र इलाम नगरपालिकाको तर्फबाट मेयर केदार थापा र विभिन्न वडा बाट नुतन देब दुलाल (अध्यक्ष: वार्ड न ४), दुर्गा मदन श्रेष्ठ (सदस्य: वार्ड न ६), दल मान तामाङ्ग (अध्यक्ष: वार्ड न ६), ओम नाथ प्रधान (अध्यक्ष: वार्ड न १०), पारस मणि काफ्ले (सदस्य: वार्ड न ४) र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति रहेको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको छ।

हालै, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij