२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी नियुक्त

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी नियुक्त

1.2K
Shares

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत जोशीलाई मंसिर २३ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नहुँदासम्म वा बढीमा ३ महिनासम्मका लागि उक्त जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ लिलामणी न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेबाट समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij