काठमाडौं- तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(कर बाहेक) प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी पुस २३ गते आयोजना हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij