२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँचथर पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा दियो आवेदन

पाँचथर पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा दियो आवेदन

1.3K
Shares

काठमाडौें- पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर १७ गते आवेदन दिएको हो ।

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले ९६ करोड २५ लाख रुपैयाँको रु.१०० अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij