२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिज लाइन इनर्जीले पायो आईपीओ निष्काशन अनुमति

रिज लाइन इनर्जीले पायो आईपीओ निष्काशन अनुमति

1.1K
Shares

काठमाडौं- रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij