काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अकंले घटेर २६०९.६९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६० प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको १ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो । सर्वाधिक कारोबार सागर डिस्टिलरीको ४३ करोड ६९ लाख रुपैयाँ भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij