२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

1.2K
Shares

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलेले मंसिर २२ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ ।

निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर २२ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूरा आवेदन नपरेमा पुस ७ गतेसम्म लम्बिन सक्नेछ।

यो बुक बिल्डिङ विधिबाट निष्काशन हुन लागेको आईपीओ हो । जसकारण कम्पनीको आईपीओमा न्यूनतम् ५० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम् २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यस कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ छ ।

कम्पनीले प्राप्त गरेको रेटिङ अनुसार केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ्ग मिल्सलाई ‘CARE NP A- (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

आवेदनका लागि सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij