२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.3K
Shares

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर २१ गते, आइतबार अन्तिम दिन रहेको छ। साधारण सभा ताथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले पुस ४ गते शुक्रबार, होटल अरनिको प्रा.लि. धुलिखेल, काभ्रेपलाञ्चोकमा बोलाएको छ। सो सभा दिउँसो २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij