२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

720
Shares

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो ।

सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहो¥याउनुभयो ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij