२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकको लकर सेवामा ग्राहकलाई विशेष छुट सुविधा

एनआइसी एसिया बैंकको लकर सेवामा ग्राहकलाई विशेष छुट सुविधा

1.1K
Shares

काठमाडौँ- एनआइसी एसिया बैंकले लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ। बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न यस्तो सुविधा ल्याएको हो।

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजना अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा पाउनेछन्।

ग्राहकले यस बैंकको लकर सुविधा लिइ आफ्नो बहुमूल्य सामान तया महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्। बैंकले मुलुकभरका डेढ सयवटा बैंक शाखाहरूमा ग्राहकको आवश्यकता अनु‌सारका विभिन्न आकारमा लकर सेवा उपलब्ध गराएको छ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij