२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आह्वान

पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आह्वान

1.1K
Shares

काठमाडौं – पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले उक्त सभा आगामी पुस १३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको व्यवस्था नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij