२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन

सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन

905
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर १८ गते, बिहीबार सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५७३ रुपैयाँ ९१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij