२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

1.2K
Shares

जनकपुर- मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गरी शुक्रबार दिनको ५ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो । प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij