काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अकंले घटेर २६३१.१७ बिन्दुमा कायम भएको छ । ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, हाइड्रोपावर समूहको ०.५० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५१ प्रतिशत, जीवन बीमा समूहको १.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij