काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यतोलामा ३ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मुल्य तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ३५ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij