काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी तथा पहिरो प्रभावित समुदायलाई न्यानो कपडा प्रदान गरेको छ। मंसिर १५ गते आयोजना गरिएको दुई छुट्टाछुट्टै कार्यक्रममार्फत बैंकले सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका प्रभावित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई तथा इलाम नगरपालिकाका मेयर केदार थापालाई बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा बुझाएकी थिइन् । सूर्योदयका प्रभावितका लागि बैंकले ३५० थान नयाँ ज्याकेट र दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा प्रदान गरेको छ। त्यस्तै, इलाम नगरपालिकाका प्रभावितका लागि १७५ थान नयाँ ज्याकेट तथा ५ बोरा न्यानो कपडा हस्तान्तरण गरिएको छ।
बैंकको स्थापना दिवसको अवसरमा गरिएको सहयोग घोषणाअनुसार न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन निजी क्षेत्रको सक्रिय सहभागिताले स्थानीयस्तरमा राहत कार्य सुदृढ हुने बैंकको विश्वास रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij