२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सद्वारा हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

935
Shares

काठमाडौं- समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मध्यवर्ती स्तर र बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नता जस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरियो। साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो।

विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij