काठमाडौं – सरकारले नगद कारोबारको सीमा घटाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एकपटकमा ५ लाख वा त्योभन्दा माथिको सेवा, वस्तुको खरिद-बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो ।
यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँबराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा घटाइएको सरकारले जनाएको छ ।
अबदेखि विभिन्न सेवा तथा वस्तुहरूको खरिद–बिक्री वा अन्य किसिमका कारोबारमा १ लाखभन्दा माथिको नगद कारोबार गर्न नपाइने व्यवस्था लागू हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij