२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडालाई महासंघमा लैजाने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान

नाडालाई महासंघमा लैजाने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान

1.1K
Shares

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले पौष ९ गते साधारणसभा आह्वान गरेको छ । नाडालाई महासंघमा लैजाने प्रस्तावसहित पौष ९ गते बुधबार ४९ औं वार्षिक साधारणसभा बोलाइएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

यसअघि नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा २०८२ साल भाद्र १९ गते बसेको नाडाको २२ औं बैठकले नाडालाई महासंघमा लैजानका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मंसिर १५ गतेको २४औँ बैठकले पुनः सोही प्रस्तावसहित पौष ९ गते ४९ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij