२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

1.1K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

जसअनुसार मौद्रिक उपकरणहरु मध्ये ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ । तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई यथावत राखिएको छ ।

यस्ता छन् महत्त्वपूर्ण हेरफेर:

  • ब्याजदर माथिल्लो सीमा अर्थात् स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम
  • मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज
  • व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा रु.५० लाखबाट वृद्धि गरी रु.१ करोड कायम
    -लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिने
  • लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने
  • हालैको बाढी पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचनापुनरतालिकीकरण गर्न सक्ने
  • विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij