२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

895
Shares

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम सोमबार दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij