२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छोरीलाई जैमिनी जैमिनी नगरपालिकाको मुद्दती खाता

छोरीलाई जैमिनी जैमिनी नगरपालिकाको मुद्दती खाता

1.1K
Shares

बागलुङ- जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो ।

चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । प्रत्येक छोरीलाई रु दुई हजार ५०० का दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको प्रमुख शर्माले बताउनुभयो । उक्त मुद्दती खातामा चक्रिय ब्याज आउने गरी बैङ्कसँग समन्वय गरिएको छ ।

“छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्न यो कार्यक्रम ल्याइएको हो”, प्रमुख शर्माले भन्नुभयो, “गत वर्ष निर्देशिका बनाउन समय लाग्यो, केही छोरीहरू छुटेका समेत छन्, चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोल्निछ ।”

छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकसमेतलाई उक्त खातामा दक्षअनुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij