२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

440
Shares

काठमाडौँ- इभी प्रवर्द्धन र ग्राहक सन्तुष्टिमा सक्रिय एमएडब्लू वृद्धि मोटर्स ले २०२६ डोंगफेंग डिलर कन्फरेन्समा ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ दुई सम्मान प्राप्त गरेको छ।

नेपालमा इभीको नेटवर्क विस्तार, सेवा गुणस्तर र वातावरणमैत्री यातायात प्रवर्द्धनमा योगदान गरेको आधारमा कम्पनीलाई अवार्ड दिइएको हो।

कम्पनीले १४ महिनामा १२५० बढी इभी बिक्री गर्न सफल भएको छ, जसमा नामी बक्स आफ्नो सेग्मेन्टको सबैभन्दा बढी बिक्री हुने मोडल बनेको छ।

नयाँ मोडल नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु भइसकेको छ।

देशभर रहेका १२ बिक्री केन्द्र र १० सेवा केन्द्र, हेल्पलाइन, पिक–एण्ड–ड्रप तथा रोडसाइड असिस्टेन्सजस्ता सुविधाले एमएडब्लू वृद्धिको ग्राहक सन्तुष्टि दर ९२.५ प्रतिशतमा पुगेको कम्पनीले जनाएको छ।

स्वच्छ ऊर्जा प्रवर्द्धन र पूर्ण इभी इकोसिस्टम विकास गर्ने लक्ष्यसहित एमएडब्लू समूह नेपाललाई विद्युत्–आधारित यातायाततर्फ रूपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी गर्दै आएको छ।

समूहका अध्यक्ष विष्णु कुमार अग्रवालका अनुसार, वातावरणमैत्री गाडीले इन्धन आयात निर्भरता घटाउने, घरेलु बिजुली खपत बढाउने र विदेशी मुद्रा बचत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij