काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij