२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा

565
Shares

काठमाडौँ- लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट (एलबिडब्ल्यु)को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ । अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाए देखाएका थिए ।

डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij