२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

1K
Shares

काभ्रेपलाञ्चोक, १२ मङ्सिरः पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ ।

बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा रु एक हजार ४००देखि रु एक हजार ५०० सम्म खर्च हुने गरेको छ ।

पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, छ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन् । नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।

पालिकाकी शाखा प्रमुख दिपिका २०० पशुको दाबी भुक्तानी भइसकेको छ ।

नगरले यसअघि ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो । नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij