२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1.6K
Shares

काठमाडौं– हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij