२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विद्युत व्यापारमा नेपाल–बंगलादेशबीच ६ बुँदे सहमति

विद्युत व्यापारमा नेपाल–बंगलादेशबीच ६ बुँदे सहमति

1.2K
Shares

काठमाडौं– नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठक सकिएको छ। समितिको ७ औं बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जिवी चटौत तथा बंगलादेशका ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा भएको हो।

बैठकले मंसिर १० गते भएको संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरू माथि छलफल गरेको थियो। संयुक्त कार्यदलको बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अलि रेजाले सहअध्यक्षता गरेका थिए।

विद्युत व्यापारमा नेपाल बंगलादेशबीच ६ बुँदे सहमति समेत भएको छ।

यी हुन सहमतिका ६ बुँदा

१. नेपालबाट बंगलादेशले लैजाँदै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त २० मेगावाट थप बिजुली आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने।

२. सुनकोशी–३ जलविद्युत आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया अघि बढाउने।३. नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पंचगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रसारण लाइनहरूमार्फत विद्युत निर्यात गर्न अध्ययन गर्ने।

४. नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी सम्झदारी पत्रमा आआफ्नो प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने।

उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, इभी चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने।

५. नेपाल बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरू गर्ने। बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौं तथा त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने।

६. नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा भारतको सहमति लिन दुवै देसले संयुक्त प्रयास गर्ने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij