काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अकंले बढेर २६७६.०३ बिन्दुमा कायम भएको छ ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहकोा १.४७ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको. ०.७२प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार १३१ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij