२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल–भियतनाम चेम्बर अफ कमर्सको १४औँ साधारणसभा सम्पन्न

नेपाल–भियतनाम चेम्बर अफ कमर्सको १४औँ साधारणसभा सम्पन्न

1K
Shares

काठमाडौं – नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४औँ साधारणसभाले बुधबार नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई उचाइमा पुर्‍याउन भूमिका निर्वाह गरेको वक्ताहरुले धारणा राखेका थिए ।

“भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ,” श्रेष्ठले आफ्नो सम्बोधनको क्रममा भने, “चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार हुन सक्छ । त्यसलाई सरकारले पनि महत्व दिन जरुरी छ ।”

सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको कामका बारेमा प्रकाश पारेका थिए ।

उनले अहिले देशमा ठूला व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको बताउँदै निजी क्षेत्र सक्रिय भएमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका थिए । उनले नेपालका उद्योगी तथा व्यवसायीलाई अहिले राज्यको सहयोग आवश्यक रहेको धारणा उनको थियो ।

नौ वर्षको आफ्नो कार्यकालको कतिपय समय कोभिडका कारणले काम गर्न नसकिएको बताउँदैै उनले भने, “हामीले एक प्रकारको माहोल तयार पारेका छौँ ।” सभामा महासचिव गोपालदास मानन्धरले २०८०–८१–२०८१–८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरे ।

त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबडेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिए । कार्यक्रममा भियतनाम सम्बन्धी व्यापार–व्यवसायमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो ।

सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष दिपक कुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

महासचिवमा नवीन सारु (डोल ब. थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन भएका छन् ।

कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित भएका छन् । किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा. सरोज अधिकारी सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij