काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ।
पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ। दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन्।
यस संस्करणमा हालसम्म अपराजित रहेको सुदूरपश्चिम तीन खेलमा ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। तीन खेलमध्ये दुई खेलमा पराजित भएको लुम्बिनी २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ। सुदूरपश्चिमले आफ्नो विजयी यात्रालाई निरन्तरता दिन खेल्नेछ भने लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा छ।
दुई खेल खेलेका जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले हालसम्म कुनै खेलमा जित निकाल्न सकेको छैन। यी दुबै टोली अंकतालिकाको पुछारमा छ। आफ्नो पहिलो जितको लागि यी दुबै टोलीले आज खेल्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij