काठमाडौं -बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय भएको छ । मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ३९औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बोटलर्स नेपाल लिमिटेडले पनि लाभांश नबाँड्ने निर्णय गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij