काठमाडौं – राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले एक अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँको १ सय रुपैयाँ अंकित दरका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij