२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलले दियो तीन अवार्ड

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलले दियो तीन अवार्ड

1.2K
Shares

काठमाडौं- सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्टताका कारण भिसा इन्टरनेशनलबाट तीन प्रतिष्ठित अवार्ड पाएको छ। ‘भिसा लिडरसीप कनक्लेभ’ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पिओएस एक्युरिङ अवार्ड प्रदान गरिएको हो।

भिसाले बैंकले पछिल्ला वर्षमा डिजिटल भुक्तानी प्रणालीको विस्तार, ग्राहक–मैत्री सेवा तथा व्यवसायिक साझेदारीमा देखाएको निरन्तर प्रगतिलाई विशेष रूपमा मूल्यांकन गरेको जनाएको छ।

सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रूपमा बजार विस्तार गर्दै आएको छ, जसले डिजिटल बैंकिङप्रतिको ग्राहक विश्वासलाई थप मजबुत बनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको यो सम्मानले सिद्धार्थ बैंकको सेवा गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप मजबुत बनाएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा आधुनिक प्रविधि प्रयोगमार्फत डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउँदै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij