२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उन्नति सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

उन्नति सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

795
Shares

काठमाडौं- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८७ हजार कित्ता बढी संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । नेप्सेको मङ्सिर ९ को निर्णय अनुसार कम्पनीको १ लाख ८७ हजार ३ सय ७१ दशमलव ०९ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो।

यस संगै कम्पनीको संस्थापक र साधारण शेयरको शेयर अनुपात क्रमश ६२.४१ प्रतिशत र ३७.५९ प्रतिशत कायम भएको छ। संस्थापक समूहतर्फ १५,४०,६८९.०६ कित्ता (६२.४१%) र सर्वसाधारण समूहतर्फ ९,२७,९६८.३० कित्ता (३७.५९%) धितोपत्रको अनुपात हुने गरी शेयर परिणत गरेर अभिलेख गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij