काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।
बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो।
डिम्याट खातामा बैंक खाता अद्याधिक भएको शेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नै आईएपीएस मार्फत नगद लाभांश पठाउन शुरू गरिएको बैंकले जानकारी दिएको छ।
साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ भने कात्तिक २२ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने बताएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij