एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने मंसिर १० गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
एनआरएनले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij