२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटलले ओपन म्युचुअल फण्ड संचालन गर्ने

गरिमा क्यापिटलले ओपन म्युचुअल फण्ड संचालन गर्ने

610
Shares

काठमाडौं– गरिमा क्यापिटल  लिमिटेडले  खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) संचालन गर्ने भएको छ। क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै कार्तिक २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ।

क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि गरिमा सुवर्ण योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति माग गरेको हो। यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ। बोर्डबाट अनुमति पाएपछि क्यापिटलले योजनाको इकाई निष्काशन गर्ने छ।

हाल क्यापिटलले गरिमा समृद्धि योजना नामको बन्दमुखी फण्ड संचालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij