२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिम भेञ्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

टिम भेञ्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

1.5K
Shares

काठमाडौं– टिम भेञ्चर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा दुबै पक्षबीच मङ्सिर ८ गते औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।

सिनामंगल, काठमाडौंमा स्थित कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड वि.सं. २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि- इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि – पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरेको छ । भविष्यमा कम्पनीले लगानीका अन्य क्षेत्रमा अवसरहरू खोज्ने योजना बनाएको छ ।

कम्पनीको अन्य संचालकमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङ सोनाम गोन्सार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij