काठमाडौं – नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले सोरुमको उद्घाटन घोषणा गरेको छ । नयाँ सोरुम सोमबार पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ । साथै, आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ ।
उद्घाटन समारोहको अवसरमा, कम्पनीले विशेष ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बिमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन् । नयाँ सोरुमले पोखराका ईभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ । साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउने विश्वास गरिएको छ ।
दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्क मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज ईभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै ईभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ ।
बुद्धचोकस्थित केई र फोर्थिङ सोरुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको ईभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्त्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij