२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी सेभिङ्ग अकाउन्ट’

सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी सेभिङ्ग अकाउन्ट’

1.3K
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । आज बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरेका हुन्।

सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस बचत खाताका विशेषताहरुमा न्यूनतम रु १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ । डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

त्यस्तै ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने छन्। यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij